अमेरिका । शक्तिशाली आँधीसँगै परेको भारी वर्षाले अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा जनजीवन प्रभावित भएको छ । तटीय क्षेत्रका बस्तीमा बाढी पसेको छ भने तीव्र हावाका कारण विद्युत् र यातायात सेवा अवरुद्ध भएका छन् ।
अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार न्युयोर्क सहर, बोस्टनलगायत क्षेत्रमा शनिबार भारी वर्षासँगै तीव्र हावा चलेको थियो । जोखिम बढेपछि न्युयोर्क र न्युजर्सीमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
बीबीसीका अनुसार दुवै राज्यका केही तटीय क्षेत्रमा अझै बाढीको अवस्था छ । भर्जिनियादेखि मेनसम्म थप वर्षा र शक्तिशाली आँधीको सम्भावना रहेकाले सतर्कता अपनाइएको छ ।
न्युजर्सीको सर्फ सिटीमा बाढीले सडक डुबाएपछि स्थानीय बासिन्दा पानीमै हिँड्न बाध्य भएका तस्बिर सार्वजनिक भएका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
रहेनन् बलिउड अभिनेता नाना पाटेकर