काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा नेपालले लामो समयदेखि माग गर्दै आएको भारतीय आकाश हुँदै थप हवाई रुट उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री साह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।
दुईदिने भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न द्विपक्षीय विषयमा छलफल तथा सहमति हुने अपेक्षा गरिएको छ । नेपाली प्रतिनिधिमण्डल मंसिर ६ गते नयाँदिल्ली पुग्ने र ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।








प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा हवाई रुट मुख्य एजेन्डा
दुई करोड ४६ लाख खर्चेर बनाइएको खानेपानी संरचना तीन वर्षदेखि अलपत्र
बर्दियाको जब्दीघाटमा ६७ करोडको नयाँ पुल बन्दै
लोहोरो हानेर श्रीमतीको हत्या
शैलुङ बन्दै चलचित्र छायाङ्कनको नयाँ गन्तव्य
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
भारतीय विदेश सचिव आज नेपाल आउँदै
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता