काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने जिम्मेवारीबाट वर्तमान सरकार पन्छिन नमिल्ने बताएकी छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै उनले शान्ति प्रक्रिया संविधानमै समेटिएको विषय भएकाले त्यसको कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताइन्।
उनले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्दा शान्ति प्रक्रियामा संलग्न राजनीतिक दल, नागरिक समाज र मानव अधिकारवादी संस्थासँग समन्वय गर्नुपर्नेमा जोड दिइन्। आयोग गठन मात्रै पर्याप्त नहुने भन्दै उनले प्रक्रिया पारदर्शी र जवाफदेही हुनुपर्ने बताइन्।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने जिम्मेवारी सरकारकै भएको उनको भनाइ थियो।
दक्षिण अफ्रिकाको संक्रमणकालीन न्याय प्रक्रियाको उदाहरण दिँदै भुसालले नेपालमा पनि राजनीतिक सहमति र साझा प्रतिबद्धताका आधारमा शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउनुपर्ने बताइन्।
उनले संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले सरकारलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। सरकार गठन र टिकाउन अंकगणितीय बहुमत आवश्यक भए पनि जनताका मुद्दा, लोकतन्त्र र शान्ति प्रक्रियालाई परिणाममुखी बनाउन राष्ट्रिय सहमति र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।








सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
वामपन्थी शक्तिबीच एकताको विकल्प छैन : प्रचण्ड
प्रधानमन्त्रीले भारत भ्रमणअघि दलहरूसँग परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि
कविता : नियतिको निर्मम रेखा
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
यस्तो रहनेछ आजको मौसम