काठमाडौँ । चीनले बाढीपहिरोबाट प्रभावित नेपालको पुनर्निर्माणमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी क्षमता अभिवृद्धिमा पनि सघाउने बताएको छ।
नेपालीस्थित चिनियाँ दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनको भनाइ सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो।
रोयटर्सले पत्रकार सम्मेलनमा नेपालले बाढीपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी आर्थिक सहयोग जुटाउने तयारी गरेको र चीनले सहयोग गर्ने इच्छा देखाए पनि रकम खुलाइनसकेको विषयमा प्रश्न गरेको थियो।
जवाफमा प्रवक्ता गुओले नेपालमा गएको ठूलो पहिरोबाट भएको क्षतिप्रति चीनले चासो राखेको र पुनर्निर्माणमा सक्रिय सहयोग गर्ने बताए।
उनका अनुसार चीनले विपद्पछि नेपाललाई नगद सहायता र पाँच चरणमा आपत्कालीन राहत सामग्री उपलब्ध गराएको थियो। सुरुङ उद्धार तथा फरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका २० भन्दा बढी विज्ञ पनि नेपाल पठाएको थियो।
त्यस्तै, मौसम, जलविज्ञान तथा भूगर्भीय अवस्थासम्बन्धी तथ्यांक निरन्तर आदानप्रदान गरेको चीनले जनाएको छ। चीनका विभिन्न क्षेत्रका नागरिक तथा संस्थाले पनि नेपालका विपद्पीडितलाई सहयोग गरेको प्रवक्ता गुओले उल्लेख गरेका छन्।
‘आपत्कालीन सहायताबाहेक चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्नेछ। विपद्प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गरी यथाशीघ्र सामान्य जीवन र काममा फर्कन सहयोग गर्नेछ,’ उनको भनाइ छ।
चीनले प्राकृतिक विपद्बाट उत्पन्न जोखिम र चुनौती सामना गर्न नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने जनाएको छ।









लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भमा सिता बादीको सम्बोधन (भिडियो)
‘सुकुमबासीलाई होल्डिङ सेन्टर छाड्न निर्देशन’
घरभित्रै असुरक्षित छन् महिला
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चले अन्तरिम आदेश नदिनुको अन्तर्य !
आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश
‘सुस्ताको घाउ, बालेनको मौनता’
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
आज हैदराबाद हाउसमा हुँदैछ बालेन–मोदी भेटवार्ता
‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह