काठमाडौँ। स्वास्थ्य समस्या देखिएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० की १९ वर्षीया सुत्केरी महिला र उनको नवजात शिशुको हवाई उद्धार गरिएको छ।
सुत्केरी महिलामा स्वास्थ्य समस्या देखिनुका साथै नवजात शिशुको जन्मतौल कम र स्वास्थ्यमा जटिलता देखिएपछि दुवैलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो।
सुर्खेतमा नवजात शिशुको थप उपचार सम्भव नभएपछि नियमित हवाई उडानमार्फत काठमाडौंस्थित कान्ति बाल अस्पताल ल्याइएको छ। अहिले शिशुको त्यहीँ उपचार भइरहेको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
दुर्गम क्षेत्रमा स्वास्थ्य जटिलतामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याएर उनीहरूको जीवन रक्षा गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।








सुकुम्बासीले भने-जग्गामा नाम देखिएकै आधारमा सुकुम्बासी होइन भन्न मिल्दैन
शिक्षामन्त्री लिएर झुप्रा खोला पुगिन् सिता बादी
कांग्रेसले ‘हामी तयार छौँ’ अभियानमा प्रतिनिधि खटाउँदै
सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी छ : प्रचण्ड
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
युवा नीति निर्माणका हिस्सेदार बन्नुपर्छ : लक्ष्मी विक
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश
‘सुकुमबासीलाई होल्डिङ सेन्टर छाड्न निर्देशन’