काठमाण्डौं। भारतले आफ्नो छिमेकी दे पाकिस्तानप्रति कडा टिप्पणी गरेको छ । भारतले पाकिस्तानलाई ‘असफल राष्ट्र’को संज्ञा दिएको छ भने अन्तर्राष्ट्रिय सहयोगमा मात्र बाँचिरहेको देश भनेर भन्दै कडा टिप्पणी गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं सत्रमा भारतीय कूटनीतिज्ञ क्षितिज त्यागीले भने भने, ‘पाकिस्तानका नेताहरूले आफ्नो सैन्य–आतंकवादी परिसरबाट झूट फैलाउन जारी राख्नु अचम्मको कुरा होइन ।’
पाकिस्तानका कानुनमन्त्री आजम नाजिर तरारको आरोपपछि त्यागीले यस्तो प्रतिक्रिया दिएका हुन् । जसमा तरारले जम्मू–कश्मीरमा मानवअधिकार उल्लंघन भइरहेको बताएका थिए ।
‘पाकिस्तानले कश्मीर र भारतका बारेमा निरन्तर झुट फैलाइरहेको छ, यो दुःखद हो,’ त्यागीले भने, ‘यसका प्रतिनिधिहरूले ओआईसीजस्ता फोरमहरूको खिल्ली उडाइरहेका छन् । पाकिस्तानले ओआईसीलाई आफ्नो मुखपत्रको रूपमा प्रयोग गरेर दुरुपयोग गरिरहेको छ ।’
जम्मू–कश्मीर र लद्दाखका केन्द्र शासित प्रदेशहरू सधैं भारतका अभिन्न अं रहेको र रहने बताउँदै उनले पछिल्ला केही वर्षहरूमा जम्मू–कश्मीरमा भएको अभूतपूर्व राजनीतिक, सामाजिक र आर्थिक प्रगतिले आफ्नै कथा बताउँदै छ ।’
भारतको बारेमा धेरै सोच्नुको सट्टा आफ्ना नागरिकहरूको समस्या समाधान गर्न पाकिस्तानले बढी ध्यान केन्द्रित गर्न त्यागीले आग्रह गरे ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर