काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा मतदान हुनुभन्दा ७२ घण्टा अघि भारत र चीनतर्फको सीमा नाका बन्द (बोर्डर सील) गरिने भएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शुक्रवार विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डीआईजी स्तरीय समन्वय बैठकमा त्यस्तो निर्णय भएको हो ।
नेपालको तर्फबाट सीमा सुरक्षको जिम्मेवारी सशस्त्र प्रहरीले बहन गर्दै आएको छ ।
शुक्रवारको बैठकमा सीमा सुरक्ष, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागूऔषध ओसार–पसार नियन्त्रण सहितका विषयमा छलफल भएको डीएसपी थापाले जनाएका छन् ।
सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको उनले जनाए ।
सीमा क्षेत्रका सम्भावित नाका पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी,आप्रवासीहरूको गतिविधिमाथि निगरानी राख्ने, विभिन्न तह बनाई चेक पोइन्ट र बेरियर खडा गर्ने, आपराधिक तत्त्वबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्ने लगायत विषयमा दुईपक्षीय छलफल भएको छ ।
उक्त बैठकमा सशस्त्रका तर्फबाट नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति डीआईजी कुमार न्यौपाने र एसएसबीका तर्फबाट डीआईजी सरोजकुमार ठाकुर सहभागी थिए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री