काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापाको निधन भएको छ । शनिबार बिहान थापाथलीस्थित नर्भीक अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि थापालाई अस्पताल लागिएको थियो ।
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले थापाको निधनले स्तब्ध भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्व, रिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ।
नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ । कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस् ।
नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काँइला’ उपनामले चर्चित थिए । विस २०१४ जेष्ठ ६ गते जन्मिएका थापाले बलिउड तथा भोजपुरी फिल्ममा पनि अभिनय गरेका थिए ।
आफ्नो सुरुवाती दिनहरूमा खेलकुदमा पनि संलग्न थापा आईसीएल क्लब बम्बई र ओर्के स्पोर्ट्स क्लबका लागि एक पेशेवर फुटबल खेलाडी पनि थिए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री