काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्र पठाएको छ । आयोगले सेतोपाटी अनलाइनले आचारसंहिता विपरीत समाचार लेखेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार पत्राचार गरेको हो ।
आयोगले प्रेस काउन्सिललाई पठाएको पत्रमा भनिएको छ, ‘सेतोपाटी अनलाइनले मिति २०८२-११-०३ मा चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२-११-०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । उल्लिखित सन्दर्भमा यस अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ, आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छ ।’
आजै चितवन-३ की उम्मेदवार रेनु दाहालले समेत समाचारप्रति आपत्ति जनाएकी थिइन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर