काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा केही सैनिक घाइते भएका छन् ।
बीबीसी उर्दुका अनुसार सैन्य चौकी रहेको भवनमा विस्फोटक पदार्थले बोकेको एक गाडी विष्फोट भएको थियो । उक्त भवन पहिले मदरसा थियो । पछि सुरक्षा चौकी बनाइएको थियो ।
पाकिस्तानी प्रहरी अधिकारीले सुरक्षा चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि १० सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । आक्रमणमा परी मृत्यु हुनेमा एक प्रहरी र नौ सैनिक रहेका छन् ।
उक्त आक्रमणबारे पाकिस्तानी सेनाका तर्फबाट अहिलेसक्म कुनै बयान सार्वजनिक भएको छैन । तर, खैबर पख्तुनख्वाहका मुख्यमन्त्री सोहेल अफ्रिदीले आत्मघाती आक्रमणको निन्दा गरेका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर