धनगढी-एमालेबाट निस्कासित भएपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा.भीम रावलले एमालेका केन्द्रीय नेताहरु आफ्नो अभियानमा जोडिने दाबी गरेका छन्।
उनले आफू नेतृत्वमा ०८४ को चुनावअघि नै पार्टी घोषणा हुने बताए। घोषणाबारे अहिले नै भन्न सकिँदैन। तर, विचार र विमर्श गरेर उपयुक्त समयमा सम्भव भएसम्म चाँडै बनाउँछौँ। त्यो २०८४ को आवधिक निर्वाचनभन्दा अगाडि नै हुनेछु उनले एक अन्तर्वार्तामा भनेका छन् अब उपयुक्त व्यक्ति तथा समूहसँग संवाद गर्नेछौँ। त्यसपछि हुन्छ।
उनले आफूले क्षेत्रीय पार्टी नबनाउने प्रष्ट पारे।
उनले एमाले नेताहरुसँगको संवादबारे भने, “कतिपय केन्द्रीय तहका नेताहरूसँग संवाद भइरहेको छ। उहाँहरूले साथ दिने भन्नुभएको छ। एमालेको सचिवालयका कुनै पनि नेताहरूसँग कुराकानी भएको छैन। तर, केन्द्रीय समितिका साथीहरूसँग कुराकानी भइरहेको छ। उहाँहरू ढिलोचाँडो यतै आउनुहुन्छ। त्यही हिसाबबाट कुराकानी भइरहेको छ।”
उनले अहिलेको लागि आफू अभियानको प्रस्तावक मात्रै भएका भन्दै एमालेका धेरै नेताहरूले साथ दिने बताए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री