बालेन भारतसँग लम्पसार परेको भीम रावलको आरोप

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र साह सत्ताका लागि भारतसँग लम्पसार परेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रमलाई नेपालको विकास तथा पूर्वाधार योजनासँग जोड्ने प्रस्तावप्रति आपत्ति जनाए । नेपालको विकासको खाका आफ्नै आवश्यकता, संविधान र राष्ट्रिय हितअनुसार तय हुनुपर्ने उनको भनाइ थियो ।

रावलले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि माग गरे । भारतले प्रतिवेदनको औचित्य समाप्त भएको बताए पनि नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै उनले प्रश्न उठाए ।

ईपीजी प्रतिवेदन सार्वजनिक नगर्नुमा राजनीतिक स्वार्थ हुन सक्ने आशंका गर्दै उनले नेपाल–भारतबीचका असमान सन्धि तथा सम्झौताबारे सरकारको स्पष्ट धारणा माग गरे । यस विषयमा कांग्रेस, एमाले र नेकपाका नेताहरूले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ