काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन चीनले डीएनए पहिचानसम्बन्धी विज्ञ र राहत सामग्री नेपाल पठाएको छ।
चिनियाँ सेनाको विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानमार्फत चीनबाट पाँच जना डीएनए पहिचान विशेषज्ञ नेपाल आएका काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।
विमानमा बाढी प्रभावितका लागि आवश्यक राहत सामग्रीसमेत ल्याइएको छ। चीनले नेपालमा पठाएको राहत सामग्रीको यो दोस्रो खेप हो।
यसअघि पनि चिनियाँ सेनाका दुई वटा कार्गो विमानमार्फत नेपालमा राहत सामग्री आईसकेको थियो। पछिल्लो सहयोगले बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, पहिचान तथा राहत व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
https://www.facebook.com/share/r/17ezScYwkW/








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
चीनकाे चौथो खेप राहत काठमाडौं आइपुग्यो
बाढीले भत्काएका सडक जोड्न चीनले पठायो दुई बेलिब्रिज
भारतीय राजदूतले पुगे रसुवाको स्याफ्रुबेसी