काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार केही गरेर पनि नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
‘कसले कतै गएर मिलिदेला भन्ने कुनै आशंका छैन । बलिया पार्टीहरू मिलेर बलियो सरकार बनाएको छ र स्थिरताकाा साथ डगमगाएको विश्वास पनि जगाएर लाग्नु छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
कांग्रेससँगको सहमति अनुसार आफु लगभग ७ महिना प्रधानमन्त्री भइसकेको र अबको १७ महिनामा आफैं छाड्ने दाबी गरे । उनले आफूलाई हराउनेगरी कुनै पनि बल प्रयोग नगर्न पनि विपक्षीलाई आग्रह गरे ।
‘यो सरकार ढलिहाल्छ भन्नेलाई मैले भनेँ अब १७ महिना पनि बाँकी छ कि छैन मेरो । मलाई लाग्छ ७ महिना बितिसक्यो, अब १७ महिना म चलाउँछु,’ प्रधानमन्त्री ओलीले भने, ‘१७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री छाड्छु । यो त डिक्लियर छ । केपी ओलीलाई हराउनका लागि कुनै बल लगाउनु पर्दैन । आफैं छाड्छ बेला पुगेपछि ।’
उनले औषधि हालेर फलफूल पकाउने गरेको उदाहरण सुनाउँदै आफूलाई त्यसबाट कुनै असर नहुने जिकिर गरे ।
‘अर्को के भने, यो बोटैमा पकाउन दबाइ हाल्छन् कि हाल्दैन । तर, टिपेपछि चाहिँ केरा लगायतका फलफूलमा औषधि हाल्छन् क्या छिटो पकाउन । म छिटो पाक्ने खालको केराजस्तो फलफूल होइन । बोटैमा हाल कि निकालेर हाल त्यसबाट केही असर पर्दैन,’ प्रधानमन्त्री ओलीले भने ।
साथै, उनले १७ महिनासम्म तोप नै हाने पनि आफू नेतृत्वको सरकार नढल्ने बताए ।
‘१७ महिनालाई तोप हानेपनि सरकार ढल्दैन । केही गरेपनि सरकार ढल्दैन । अथवा प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाई छ के ढल्नु नि रु १७ महिनापछि आफैं राजीनामा दिन्छु शेरबहादुरजीलाई दिन्छु,’ प्रधानमन्त्री ओलीले भने ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री