झापा । नेकपा माओवादी केन्द्रले आजदेखि झापाबाट एक महिने तराई मधेस जागरण अभियान सुरु गर्दैछ । अभियानका लागि प्रचण्डसहितका पदाधिकारी आइतबारै झापा पुगेका छन् ।
राति नेताहरु कार्यकर्ता र सर्वसाधारणको घरमा बसे, त्यहीं खाना आए । अभियान अवधिभर कोही पनि होटलमा नबस्ने नीति अन्तर्गत स्थानीयको घरघरमा बास बसेको माओवादी केन्द्र झापाका इन्चार्ज रञ्तित तामाङले बताए ।
प्रचण्डसहित माओवादी नेताहरुले सोमबार बिहान मर्निङवाक गरे । गत असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि देश दौडाहा थालेका प्रचण्ड प्रायः नेताहरुलाई लिएर मर्निङवाकमा निस्कन्छन् । सोमबार प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरे ।
२ सय बढी नेता कार्यकर्ताको साथमा प्रचण्डले बिहान ५ः३० देखि ७ः३० सम्म दुई घण्टामा ९ हजार ९ सय ६४ अर्थात साढे ६ किमी यात्रा गरे । तामाङका अनुसार त्यस क्रममा प्रचण्ड र माओवादीका अरु नेतालाई स्थानीयले कतै फूलमाला, कतै खादाले स्वागत गरे । कतिले फोटो खिचाए । मर्निङवाकका क्रममा प्रचण्डले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई दायाबायाँ राखेका थिए । उनले वर्षमान र जनार्दनको काँधमा हात राखेर आत्मियता देखाउन खाजेका छन् । सँगै शक्ति बस्नेत पनि छन् । अग्नि सापकोटासहितका नेताहरु पछाडि देखिन्छन् ।
‘यो अभियानको उद्धेश्य मुलुकमा विद्यमान भ्रष्टाचार, अनियमितता र राज्य दोहनबारे जनतालाई जागरुक बनाउने, सरकारलाई खबरदारी गर्ने र पार्टीभित्र आन्तरिक एकता बलियो बनाउने पनि हो’, इन्चार्ज तामाङ भन्छन्, ‘दुई प्रभावशाली नेताहरुका काँधमा हात राखेर अध्यक्ष कमरेडले त्यही सन्देश दिन खोज्नुभएको होला ।’








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री