काठमाडौं : झापाले रन्जित तामाङलाई चिन्न जरुरी छ।
चिन्नु भनेको केवल नाम सुन्नु होइन, उनको यात्रा बुझ्नु हो।
उनको उम्मेदवारी केपी ओली र बालेनविरुद्धको लडाइँ होइन, कुनै व्यक्ति वा दलप्रतिको रिस होइन—यो त भ्रष्टाचार, कुशासन र देशलाई प्रयोगशाला बनाएर बर्बाद गर्ने प्रवृत्तिविरुद्धको संघर्ष हो।
रन्जित तामाङ कुनै आकस्मिक रूपमा राजनीतिमा आएका पात्र होइनन्।
विद्यार्थी राजनीतिबाट खारिएका, संघर्षबाट उठेका, विचारबाट परिपक्व भएका एक प्रखर युवा नेता हुन् उनी।
राजनीति उनले किताबमा पढेर मात्र होइन, आफ्नो जीवनले सिकेको पाठबाट बुझेका छन्।
झापाको माटोमा हुर्किएका रन्जित, खोजेको बेला जनताकै बीचमा भेटिने नेता हुन्।
खुसीमा मात्र होइन, दुःख–सुख, आँसु र आशाका हरेक मोडमा जनतासँगै उभिनेछन्।
यहाँ एक गम्भीर प्रश्न उठ्छ
के अरु उम्मेदवार पनि त्यसरी नै भेटिन्छन् ?
के उनीहरू जनताको पीडामा सँगै रोएका छन् ?
के उनीहरू खेत–खलियान, बस्ती–चौतारी र मजदुरको पसिनासँग परिचित छन् ?
राजनीति प्रतिशोधबाट होइन, प्रतिस्पर्धाबाट हुनुपर्छ।
तर दुर्भाग्य, आज झापामा त्यो संस्कार कमजोर देखिन्छ।
ओली र बालेन—दुवैका समर्थकहरू एक–अर्कालाई हराउने एजेन्डा बाहेक अरु विषयमा बहस गर्नै चाहँदैनन्।
देश, नीति, सुशासन, रोजगारी, शिक्षा—यी विषयहरू ओझेलमा परेका छन्।
यो अवस्था लोकतन्त्रका लागि शुभ संकेत होइन।
रन्जितको राजनीतिक परीक्षा हुन बाँकी छ—
हो, त्यसैले त भन्छौँ, अवसर दिऔँ।
किनकि उनी गणतन्त्रका लागि युद्धको मैदानमा मृत्युको कफन बोकेर मोर्चामा उभिएका व्यक्ति हुन्।
त्याग, साहस र प्रतिबद्धताको इतिहास बोकेका रन्जित कुनै विवादित पात्र होइनन्, बरु गणतन्त्रको मूल्य चिनेका सच्चा सन्तान हुन्।
आउनुहोस्, उनको शालिनता चिनौँ।
उनको बोलीमा देखिने संयम, व्यवहारमा देखिने इमान्दारी, र लोकतान्त्रिक व्यवस्थाप्रतिको अटल प्रतिबद्धता हेरौँ।
उनी कुनै महलमा हुर्किएका, सुख–सयलमै जन्मिएका पात्र होइनन्।
भुइँ मान्छे हुन् रन्जित—
तपाईं जस्तै, हामी जस्तै।
झापाका जनताले देख्ने सपना नै रन्जितको सपना हो।
झापाको पीडा नै उनको पीडा हो।
यही झापालाई सुन्दर, न्यायपूर्ण र समृद्ध बनाउन उनी चुनावी मैदानमा उत्रिएका छन्।
शान्त शैलीमा भइरहेको उनको प्रचार, अहंकारविहीन प्रस्तुति र सरल भाषा—सबै लोभलाग्दा छन्।
उनका हरेक शब्दमा इमान्दारी झल्किन्छ, हरेक वाक्यमा आशा बोल्छ।
अब समय आएको छ—
राजनीतिक पूर्वाग्रहको चस्मा फाल्ने।
नाम, डर र भ्रमभन्दा माथि उठेर मान्छे र नियत हेर्ने।
आउनुहोस्,
झापाको भविष्यका लागि,
लोकतन्त्रको स्वस्थ अभ्यासका लागि,
र इमानदार राजनीतिलाई अवसर दिन
रन्जित तामाङलाई तारामा मतदान गरौँ।
किनकि यो मतदान केवल एक व्यक्तिका लागि होइन,
यो मतदान झापाको सपना र भोलिका लागि हो।









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
अब यस्तो विपद् कहिल्यै नआओस् !
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो