काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकको पहिचान गर्न नेपाल प्रहरीले डीएनए नमुना सङ्कलन र परीक्षणलाई तीव्र बनाएको छ।
बाढीमा फेला परेका शव तथा शरीरका अङ्गको पहिचानमा त्रुटि नहोस् भनेर प्रहरीले फोरेन्सिक विज्ञानमा आधारित डीएनए प्रोफाइलिङ विधिबाट परीक्षण अघि बढाएको हो। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले प्रभावित क्षेत्र र मृतकका आफन्तबाट प्राप्त नमुनाको परीक्षण गरिरहेको छ।
प्रहरीका अनुसार अहिलेसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट ३४८ नमुना र ८४ वटा औँलाछापसम्बन्धी नमुना गरी कुल १ हजार २४० नमुना प्रयोगशालामा पुगेका छन्।
शव पहिचानका लागि विभिन्न जिल्लाबाट मृतकका १ हजार २८६ र सम्भावित आफन्तका १ हजार ४१२ गरी २ हजार ६७८ डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी अस्पतालमा मात्रै ९९० मृतकका आफन्तको नमुना सङ्कलन भएको छ।
चितवन, धादिङ, नुवाकोट, रसुवा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र गोरखालगायत जिल्लाबाट मृतकका नमुना सङ्कलन गरिएको छ। अन्य प्रभावित जिल्लामा पनि नमुना सङ्कलन जारी छ।
प्रहरीका अनुसार मृतक र सम्भावित आफन्तको डीएनए नमुना वैज्ञानिक रूपमा तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको छ। यसले अझै सम्पर्कविहीन रहेका नेपाली तथा विदेशी नागरिकको पहिचानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डीएनए परीक्षण तथा शव पहिचानको काम वैज्ञानिक मापदण्डअनुसार प्रभावकारी बनाउन विशेष निगरानी र निर्देशन दिइरहेको प्रहरीले जनाएको छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो