काठमाडौं । प्रधानमन्त्री राहत कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ जम्मा रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म नौवटा बैंकमा नेपाली रुपैयाँ ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ जम्मा रहेको छ।
त्यसैगरी, कोषका दुईवटा बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर मौज्दात छ। दुवै मुद्राको रकमलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कोषमा उपलब्ध कुल रकम १२ अर्ब ४३ करोडभन्दा बढी पुगेको कार्यालयले जनाएको छ।
भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँ १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थपिएको विवरणमा उल्लेख छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो