धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले ले मतदातासँग आफूलाई एकपटक अवसर दिन आग्रह गरेका छन्।
“मलाई भोट दिएर मेरो क्षमता जाँच्नुस्, कामबाटै प्रमाणित गर्छु,” उनले चुनावी अभियानका क्रममा बताएका हुन्।
आफू परीक्षण भइसकेको र अनुभवले परिपक्व नेता भएको दाबी गर्दै उनले विकास, सुशासन र जनताको दैनिक समस्याको समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
एस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा ठोस योजना रहेको उल्लेख गर्दै उनले अवसर पाए परिणाम देखाउने विश्वास दिलाए।
घरदैलो कार्यक्रम तथा टाेलसभामा उनले भने, “नेता भाषणले होइन, कामले चिनिनुपर्छ। मैले बोलेका कुरा कार्यान्वयन गरेर देखाउनेछु।”
यस अवसरमा उनले आफ्नो मुख्य पाँच बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।
जसअन्तर्गत कैलाली–५ लाई समृद्ध र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई सुदृढ बनाउने, कृषि–पर्यटन र साना उद्योगलाई विकासको केन्द्रमा राख्ने, युवाको वैदेशिक पलायन अन्त्य गर्न रोजगारीका अवसर सिर्जना गर्ने तथा रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
मतदातामाझ उनको यो अभिव्यक्ति र प्रतिबद्धता अहिले चुनावी मैदानमा चर्चाको विषय बनेको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो