‘महिला भएकै कारण मरिरहनुपर्ने कहिलेसम्म ?’ सरकारलाई सवि एसएसकेको प्रश्न

काठमाडौं । महिला तथा बालिकामाथि हुने हिंसा र असुरक्षालाई लिएर सवि एसएसकेले सरकारसँग गम्भीर प्रश्न गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छोरी जन्मिएदेखि नै संघर्ष गर्नुपर्ने र सुरक्षित वातावरणमा हुर्किनसमेत कठिन अवस्था रहेको भन्दै राज्यको ध्यानाकर्षण गराएकी हुन्।

‘जन्मिन पनि संघर्ष गर्नुपर्ने छोरीलाई हुर्किने सुरक्षित वातावरण छैन,’ उनले लेखेकी छन्, ‘हुर्किन पाइहाले विवाह भएर गएको घर सुरक्षित छैन। आफ्नो भन्ने घर छैन, कोही मान्छे छैन।’
समाजले छोरीले आफ्नै इच्छाअनुसार निर्णय गर्ने अधिकारको समेत निरन्तर विरोध गर्दै आएको उनको भनाइ छ।

बालिका, किशोरी, महिला वा वृद्धा—महिला भएका कारण कोही पनि पूर्ण रूपमा सुरक्षित नरहेको भन्दै उनले महिला सुरक्षाको वर्तमान अवस्थामाथि गम्भीर प्रश्न उठाएकी छन्।

उनले ‘महिला भएकै कारण मरिरहनुपर्ने कहिलेसम्म ?’ भन्दै सरकारलाई प्रश्न गरेकी छन्। महिला हिंसालाई विपद् र संकटका रूपमा स्वीकार गरी त्यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यले पूर्वतयारी गर्नुपर्ने उनको माग छ।

‘के यो विपद् होइन ? के यो संकट होइन ? यसको लागि पूर्वतयारी के हो ? सरकार !’ भन्दै उनले सरकारको जिम्मेवारी र जवाफदेहितामाथि प्रश्न उठाएकी छन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ