काठमाडौं । भोटेकोशी बाढीपछि करिब १० दिनसम्म सुरुङभित्र फसेका चिनियाँ नागरिक लु हाइताओको जीवित उद्धारले विपद्का बेला नेपाल–चीनबीचको मानवीय सहकार्यलाई फेरि चर्चामा ल्याएको छ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली उद्धार टोलीले उनलाई जीवितै बाहिर निकालेको हो। उद्धार गरिएका लु अहिले उपचारमा छन्।
चिनियाँ नागरिकको उद्धार भइरहँदा, यही विपद्मा चीनले नेपाललाई उद्धार तथा राहतका लागि प्राविधिक सहयोग पनि निरन्तर बढाएको छ। नेपाल सरकारको आग्रहमा चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले सुरुङ उद्धारमा विशेषज्ञता भएका पाँच जना प्राविधिक नेपाल पठाएको थियो।

त्यसपछि चीनले दुईवटा वाई–२० सैन्य विमानमार्फत करिब ५० टन आपत्कालीन राहत सामग्री नेपाल ल्यायो। टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्य सामग्री र प्राथमिक उपचारका सामग्रीसहित १३ हजारभन्दा बढी सामग्री नेपाल आइपुगे।
चीनको सहयोग राहत सामग्रीमा मात्र सीमित रहेन। उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन ड्रोन, डीएनए परीक्षण उपकरण र पानी शुद्धीकरण प्रणाली लगायतका सामग्रीसमेत पठाइएको छ।
यससँगै चीनले विपद्पछि नेपाललाई आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ, जसले तत्कालीन राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालमा आएको यो विपद्मा नेपाली उद्धार टोलीले चिनियाँ नागरिकको जीवन बचाइरहेको छ भने चीनले नेपाललाई उद्धार प्रविधि, विशेषज्ञ जनशक्ति, उपकरण, राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराइरहेको छ।
विपद्को सीमापार प्रभावसँगै त्यसको सामना गर्ने सहकार्य पनि सीमापार नै हुनुपर्छ भन्ने सन्देश अहिलेको नेपाल–चीन उद्धार तथा राहत सहकार्यले दिएको छ।
पछिल्ला उद्धार सफलताले अझै सुरुङभित्र जीवनको आशा बाँकी रहेका मानिसको खोजीमा पनि आशा जगाएको छ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
चीनकाे चौथो खेप राहत काठमाडौं आइपुग्यो
बाढीले भत्काएका सडक जोड्न चीनले पठायो दुई बेलिब्रिज
भारतीय राजदूतले पुगे रसुवाको स्याफ्रुबेसी