काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको थियो।
भेटमा मन्त्री खनालले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरे। ऊर्जा, व्यापार, पूर्वाधार र कनेक्टिभिटीका क्षेत्रमा भएका प्रगतिसँगै दुई देशका नागरिकबीचको सम्बन्धबारे पनि कुराकानी भएको थियो।
भोटेकोशी नदीमा आएको बाढीपछि भारतले नेपाललाई उपलब्ध गराएको खोज, उद्धार तथा राहत सहयोगप्रति मन्त्री खनालले धन्यवाद व्यक्त गरे। उनले श्रीवास्तवको आगामी कार्यकालका लागि शुभकामना दिँदै नेपालका लागि भारतलाई निरन्तर असल मित्रका रूपमा पाउने विश्वास व्यक्त गरे।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ घनिष्ठ र समृद्ध बन्ने विश्वास व्यक्त गरे।








रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
चीनकाे चौथो खेप राहत काठमाडौं आइपुग्यो
बाढीले भत्काएका सडक जोड्न चीनले पठायो दुई बेलिब्रिज
भारतीय राजदूतले पुगे रसुवाको स्याफ्रुबेसी