काठमाडौं । रसुवा बाढी प्रभावितका लागि चीनले पठाएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ए मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। सामग्रीमा शव व्यवस्थापनका फ्रिजर, महामारी नियन्त्रणका सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् उद्धार र पुनःस्थापनाका लागि आवश्यक बेलीब्रिजसमेत छन्।
यसैसँगै १० जना चिनियाँ फरेन्सिक विज्ञको टोली पनि नेपाल आएको छ। टोलीले नेपाली निकायसँग समन्वय गरी शव पहिचान तथा फरेन्सिक प्रक्रियामा प्राविधिक सहयोग गर्नेछ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत चाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
चीनले दियो दुई बेलिब्रिजका सामग्री
राष्ट्रपति र भारतीय राजदूतबिच बिदाइ भेट