काठमाडौं । चीन सरकारले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौं आइपुगेको छ।
अपराह्न चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङ तथा नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुन सहभागी हुनुहुन्थ्यो।

यस पटक आएको राहत सामग्रीमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी चुम्बकयुक्त बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्तीहरू रहेका छन्।
नेपालको तत्काल आवश्यकतालाई ध्यानमा राखेर पठाइएका यी राहत सामग्रीले विपद्प्रभावित क्षेत्रमा भइरहेको आपत्कालीन उद्धार कार्य तथा त्यसपछिको राहत र पुनःस्थापना कार्यमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
चीनले दियो दुई बेलिब्रिजका सामग्री
राष्ट्रपति र भारतीय राजदूतबिच बिदाइ भेट