काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर मनसुनी प्रणाली सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानकै वरपर अवस्थित रहेकाले देशका अधिकांश क्षेत्रमा मौसम बदली भएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका सम्पूर्ण भूभागका साथै गण्डकी र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगमा सामान्यदेखि पूर्ण बदली छ। यस्तै, गण्डकी र सुदूरपश्चिमका तराई भेगमा भने आंशिक बदली रहेको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा गड्याङगुड्याङ र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसोको मौसम
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी इलाकाका धेरै ठाउँमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको अनुमान छ।
साथै, कोशी, बागमती र गण्डकीका हिमाली भेगका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली भेगमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। तराई क्षेत्रका केही भागमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
यस्तै, मधेश, कोशी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकीका हिमाली, पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ।
आज रातिको मौसम
रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली नै रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
तराईका केही भूभागमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो