काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल थालेका छन्।
गत भदौ १० गते रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र घाइतेको उपचारलगायतका अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री साहले सुरक्षा प्रमुखहरूसँग छलफल गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री साहले बुधबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री साहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा खोजी कार्य, राहतको अवस्था र उपचार सेवाबारे सुरक्षा निकायका प्रमुखबाट विस्तृत जानकारी लिने तयारी छ। साथै, प्रभावित क्षेत्रमा आवश्यक थप पहल तथा समन्वयका लागि प्रधानमन्त्रीले निर्देशन दिने बताइएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो