बाढीपछि जलविद्युत् आयोजनाका ९०९ कर्मचारी अझै बेपत्ता

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९०९ जना कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन रहेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार ११ वटा जलविद्युत् आयोजनामा कार्यरतमध्ये उनीहरू बेपत्ता भएका हुन्। हराउनेमा सबैभन्दा ठूलो संख्या रसुवाका आयोजना क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारको छ।

रसुवाका विभिन्न आयोजनाबाट मात्रै ६६८ जना बेपत्ता रहेको इप्पानले जनाएको छ। यसमध्ये माथिल्लो त्रिशूली–१ का ५३८, रसुवागढीका ९३, लाङटाङ खोलाका ३९, रसुवा भोटेकोशीका ३, चिमिमेका ६ र मैलुङका ५ जना छन्।

यस्तै, अन्य आयोजनातर्फ त्रिशूलीमा ३, देविघाटमा १, माथिल्लो त्रिशूली–३ एमा ३९, माथिल्लो त्रिशूली–३ बीमा २७८ र मिडल त्रिशूलीगंगामा २ जना बेपत्ता रहेको तथ्यांकमा उल्लेख छ। यो विवरण शुक्रबारसम्मको हो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ