उद्धारमा सरकार गम्भीर नहुँदा बाढीमा धेरैको ज्यान गयो : प्रचण्ड

जनकपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक ‘प्रचण्ड’ले बाढी प्रभावितको उद्धारमा सरकारले सुरुदेखि नै प्रभावकारी पहल नगर्दा ठूलो जनधनको क्षति भएको बताएका छन्।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वदेशी तथा विदेशी विज्ञको सहयोगमा समयमै व्यवस्थित उद्धार अभियान चलाउन सके धेरैको ज्यान बचाउन सकिने दाबी गरे। अझै पनि ठूलो संख्यामा नागरिक बेपत्ता रहेकाले खोजी, राहत र पुनःस्थापनालाई तीव्र बनाउन उनले सरकारसँग आग्रह गरे।

रसुवाको बाढीलाई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको गम्भीर असरको उदाहरण भन्दै प्रचण्डले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र विपद्को क्षतिपूर्तिको विषय बलियो रूपमा उठाउनुपर्ने बताए। पहाडमा विपत्ति पर्दा मधेस र मधेसमा संकट आउँदा पहाडले सहयोग गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ