काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुक बाहिरबाट हेर्दा सामान्य र शान्त देखिए पनि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएकाले जुनसुकै बेला ठूलो जनउभार आउन सक्ने बताएका छन्।
सोमबार खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले दुई तिहाइ बहुमतको सरकार र निर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थितिले देश स्थिर देखिए पनि समाजभित्रको असन्तुष्टि सम्बोधन हुन नसकेको बताए।
पूर्वी तराईका सुनसरी, सिराहालगायत क्षेत्रमा पछिल्लो समय देखिएका साम्प्रदायिक तनावका घटनालाई उदाहरण दिँदै उनले सामान्य घटनाले समेत ठूलो रूप लिन सक्ने अवस्था रहेको बताए।
उनका अनुसार नेपाली समाज अहिले गहिरो बेचैनी र निराशाबाट गुज्रिरहेको छ। निर्वाचन सम्पन्न भएर नयाँ राजनीतिक शक्ति सरकारमा आए पनि जनताका असन्तुष्टिका मूल कारण सम्बोधन नभए परिस्थिति जुनसुकै बेला बिग्रन सक्ने उनको चेतावनी थियो।
थापाले मुलुकका बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि त्यसअनुसार लगानी विस्तार हुन नसकेको बताए। लगानीको वातावरण निर्माण गर्दै उपलब्ध पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए।
स्थानीय तहबाटै उम्मेदवार छनोट गर्नुपर्ने प्रस्ताव
सभापति थापाले कांग्रेसमा उम्मेदवार छनोटको विद्यमान अभ्यास परिवर्तन गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।
उनले जुन क्षेत्रको उम्मेदवार चयन गर्ने हो, त्यही क्षेत्रका पार्टी सदस्यले उम्मेदवार छनोट गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए। काठमाडौंमा बसेर देशभरका उम्मेदवार छान्ने परम्पराको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
थापाले कांग्रेसमा सभापतिभन्दा पार्टीको भूइँतहको सदस्यलाई बलियो बनाउने गरी आगामी नीति र कार्यदिशा तय गर्नुपर्ने धारणा राखे।
उनका अनुसार कांग्रेसको सम्बन्ध केवल क्रियाशील सदस्यसँग मात्र सीमित हुनुहुँदैन। पार्टीप्रति आस्था राख्ने तर सदस्यता नलिएका नागरिकले समेत आफ्ना सुझाव र धारणा पार्टीसम्म पुर्याउन सक्ने व्यवस्था बनाउनुपर्ने उनले बताए।
महाधिवेशनपछि पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी ठूलो संख्यामा कार्यकर्ताको व्यवस्थित विवरण तयार गर्नुपर्ने उनको प्रस्ताव छ। यस्तो प्रणाली विकास भएपछि उम्मेदवार छनोटका लागि केन्द्रमा निर्भर भइरहनु नपर्ने थापाको भनाइ थियो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री