काठमाडौं । एमाले सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छिन्।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा सरकारले पूर्वप्रधानन्यायधीश पक्राउ गर्नुको कारण र जवाफ दिन नसकेर सरकारलाई लाज छोप्न समेत गाह्रो भइरहेको टिप्पणी गरिन्। उनले सरकारका क्रियाकलाप तानाशाही बाटोतर्फ उन्मुख भएको दाबी गरेकी हुन्।
झाँक्रीले कार्यकारी प्रमुखमा हुने शक्तिको दुरुपयोग गरी न्यायपालिकार र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार भइरहेकोप्रति आपत्ति जनाउनु भयो ।
‘फाँसीज्म वा तानाशाही व्यवस्था कसरी आउँछ भनेर दुनियामा धेरै किताबहरु लेखिएको रहेछ । हामी अहिले यस्तै अभ्यास गर्न अभिसप्त हो कि जस्तो पनि देखिन्छ । अस्ति मात्रै पूर्वप्रधानन्यायाधीश चालेन्द्र शम्शेर ल जबरा गिरफ्तारीमा पर्नुभयो । सरकारसँग जवाफ छैन, उसलाई लाज छोप्न पनि गाह्रो भइरहेको छ, झाँक्रीले अगाडि भनिन्, ‘के कारणले गिरफ्तार गरिएको हो । न कुनै आधार, प्रमाण, कारण केही पनि छैन । देशको कार्यकारी प्रमुखमा असिमित पावर छ भन्ने बुझेर न्यायालय र व्यवस्थापिका दुईटै अंगमाथि अप्रत्यक्ष प्रहारको तरिका हो कि रु सम्माननीय अध्यक्षमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई कठघरामा उब्भ्याएर प्रश्न सोध्नुपर्छ ।’
जबरा पक्राउ प्रकरणमा सरकारलाई कठघरामा उभ्याएर जवाफ माग्नुपर्ने उनको भनाइ छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री