नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी कात्तिक ७ देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलनमार्फत अभियानको उद्घाटन गरिनेछ।

बैठकले अभियान सञ्चालनसम्बन्धी कार्यविधिसमेत पारित गरेको छ। अभियानका क्रममा पार्टीको महाधिवेशन तयारी, सदस्यता नवीकरण र संगठन सुदृढीकरणका काम अघि बढाइने प्रवक्ता ज्वालाले बताए।

अभियानलाई आगामी स्थानीय तह र प्रदेश निर्वाचनको तयारीसँग पनि जोडिनेछ। साथै, सरकारका जनविरोधी गतिविधि र अराजकताविरुद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिने नेकपाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ