काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह भारतको राजकीय भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली पुग्ने भएका छन्। उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।
प्रधानमन्त्री साह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने भ्रमणका लागि आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
दिल्ली पुगेपछि उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्नेछन्। सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र विपद् व्यवस्थापनलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत छ।
प्रधानमन्त्री साह नेतृत्वको भ्रमण टोली ३४ सदस्यीय हुनेछ। टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।
गत चैत १३ गते प्रधानमन्त्री बनेपछि साहको यो पहिलो औपचारिक विदेश भ्रमण हो।








सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल
वामपन्थी शक्तिबीच एकताको विकल्प छैन : प्रचण्ड
प्रधानमन्त्रीले भारत भ्रमणअघि दलहरूसँग परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि
कविता : नियतिको निर्मम रेखा
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्री साहलाई राज्यमन्त्रीले स्वागत गर्ने
प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणमा हवाई रुट मुख्य एजेन्डा
एसिया–प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार र आर्थिक सहकार्यको पक्षमा चीन
प्रधानमन्त्री साहको भारत भ्रमणबारे भारतीय राजदूतसँग छलफल