काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण टोलीमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीलगायत क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्।
उनले नेपालमा लगानीका लागि अनुकूल वातावरण र पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यसअघि लगानी गरेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न पनि आग्रह गरे।
वाग्लेले लगानीमैत्री कानुनी सुधार, लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्तालाई सहज बनाउन सरकारले पहल गरिरहेको बताए।
भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको कार्यक्रममा नेपाल र भारतका उद्योगी तथा व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।








विवाह संस्थालाई चुनौती दिँदै रुपा र देवको सहजीवन
‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
यस्तो रहनेछ आजको मौसम
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल