काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्ने भएको छ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे जानकारी गराउने उद्देश्यले पार्टीले आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा मंसिर १३ गते आइतबार बिहान ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यक्रम हुनेछ।
काठमाडौं उपत्यकामा उपलब्ध अभियानका सबै प्रतिनिधिलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन कांग्रेसले अनुरोध गरेको छ। उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूका लागि भने जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको छ। उनीहरूलाई बैठकको लिंक मोबाइलमा पठाइने पार्टीले जनाएको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार जारी गरेको सूचनामार्फत अभियानमा खटिने सबै प्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।









सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने प्रयास जारी छ : प्रचण्ड
प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न–इनमलाई गगनविरुद्ध बयान दिन दबाब दिइएको हो ?
बाजुरामा ट्याक्टर दुर्घटनामा परी दुईजनाको मृत्यु
इनमकी श्रीमतीले किन गुहारिन् मानव अधिकार आयोग ?
माडीमा ‘रातो राजनीति’ बारे सडक संवाद हुँदै
प्रधानमन्त्रीको भारत भ्रमणबारे नेकपाको मिश्रित प्रतिक्रिया
संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको छ : प्रचण्ड
बालेनको भारत भ्रमणमा राष्ट्रिय मुद्दा ओझेलमा परेको पोखरेलको टिप्पणी
दिउँसो १ बजे कांग्रेसको बैठक बस्ने