म्याग्दी। आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै पार्टी नेतृत्व तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण तथा निर्देशनका लागि बुधबार नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) म्याग्दी आउँदै छन् ।
नेकपा म्याग्दीका निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य रेशमबहादुर जुगजालीका अनुसार, केन्द्रीय अध्यक्ष प्रचण्ड चुनावी विशेष प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न म्याग्दी आउन लागेका हुन ।
बुधबार बिहान कुश्मामा कार्यक्रम सकेर बेनी आउँदै प्रचण्ड बागलुङको गलकोट तर्फ लाग्ने कार्यक्रम रहेको जुगजालीले बताए ।
आम निर्वाचन लक्षित विशेष प्रशिक्षणका लागि बेनीमा उम्मेदवार, जिल्ला समिति तथा अन्य अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
म्याग्दीमा प्रचण्ड एकदेखि दुई घण्टासम्म उपस्थित रहनेछन् । कार्यक्रम बेनीस्थित नेपाल भाषा मंका खलको सभाहलमा तय गरिएको छ ।
म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट अर्जुन थापा, कांग्रेसबाट कर्णबहादुर भण्डारी, एमालेबाट हरिकृष्ण श्रेष्ठ, राप्रपाबाट डम्भरबहादुर सुबेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे उम्मेदवार रहेको छन् ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद राना, राष्ट्रिय जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा, स्वतन्त्र उम्मेदवार महावीर पुन रहेको छन् ।
म्याग्दीमा छ वटा स्थानीय तह रहेका छन् । यहाँ ४४,६४४ महिला, ४२,३३२ पुरुष र १ जना अन्य मतदाता रहेका छन् । कुल ८२ मतदानस्थलमा १२० मतदान केन्द्र कायम गरिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद