धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवार प्रेमबहादुर आलेको पक्षमा दिनप्रतिदिन जनलहर बढ्दै गएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवारी दिएका आले हाल घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहनु भएको छ ।
कैलाली क्षोत्र नं. ५ का विभिन्न गाउँ–टोलमा पुग्नु भएका उम्मेदवार आलेलाई त्यहाँ स्थानीय बासिन्दाले भव्य स्वागत गर्दै सांस्कृतिक कार्यक्रममार्फत समर्थन जनाइरहेका छन् ।
आज धनगढी उपमहानगरपालिका–१७ का विभिन्न वडामा आयोजित भेटघाट कार्यक्रममा स्थानीय युवायुवती र आमा समूहले चुनावी गीतमा छमछमी नाच्दै उम्मेदवार आलेलाई नचाउदै उत्साह थपेका थिए ।
उम्मेदवार आलेले आफ्ना विकासका एजेन्डा सार्वजनिक गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सृजना र कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, “जनताको विश्वास नै मेरो शक्ति हो, विकासको स्पष्ट योजना लिएर म तपाईंहरू माझ आएको छु ।”
स्थानीय मतदाताहरुले पनि उम्मेदवार आलेप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।
स्थानीय धनीराम रानाले भने, “हामीले विकास चाहेका छौँ, आश्वासन होइन । आलेज्यूले काम गर्ने प्रतिबद्धता देखाउनुभएको छ, काम गर्नेलाई हाम्रो सहयोग हुन्छ ।”
आले प्रतिको दिनप्रतिदिन बढ्दो जनसमर्थन र सांस्कृतिक उत्साहले कैलाली–५ मा चुनावी माहोल तातेको देखिन्छ । अबको निर्वाचनमा यस क्षेत्रको परिणाम कस्तो आउला भन्ने चासो सबैमा बढेको छ ।








आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो