धनगढी, १२ फागुन : आगामी फागुन २१ का निर्वाचनलाई लक्षित गर्दै जेनजी युवा सुदुरपश्चिम प्रदेश कमिटीले आज कैलाली–५ मा खुल्ला बहस कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले, नेकपा एमालेका यज्ञराज ढुंगाना, र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्दले मतदातासँग आफ्नो योजना, दृष्टिकोण र प्रतिबद्धता साझा गरे।
उम्मेदवारहरूले सडक, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना लगायतका स्थानीय विकासका मुद्दामा आफ्ना दृष्टिकोण प्रस्तुत गरे। मतदाताका प्रश्नहरूमा उनीहरूले स्पष्ट जवाफ दिएर जनप्रतिनिधिको दायित्व र योजनाबारे जानकारी गराए।
आयोजकका अनुसार, यस किसिमको खुल्ला बहसले मतदातालाई सहि निर्णय लिन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद