काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट सर्वसम्मत रूपमा विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिएका हुन्। मतदानमा उपस्थित सबै ५७ जना सांसदले उनको पक्षमा मत दिएका छन् भने विपक्षमा कुनै मत परेको छैन।
उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापा मगरले विश्वासको मत प्राप्त गरेको घोषणा गर्दै पक्षमा ५७ र विपक्षमा शून्य मत परेको जानकारी दिइन्। प्रदेश सरकार टिकाउन आवश्यक ५३ मतभन्दा बढी समर्थन मुख्यमन्त्री थापाले प्राप्त गरेका हुन्।
थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले समर्थन गरेका छन्। राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिएका थिए।
यता विपक्षी नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टीका ३ तथा हानेपाका २ सांसदले बैठक बहिष्कार गरेका कारण मतदानमा सहभागी भएनन्। सरकार साझेदार दल राप्रपाका पाँच सांसद पनि बैठकमा अनुपस्थित रहेका थिए।
प्रदेशसभामा उपस्थित सबै सांसदको समर्थन पाएसँगै मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सरकारका लागि बलियो संसदीय समर्थन हासिल गरेका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी