काठमाडौं । राष्ट्रिय सभाबाट भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित भएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभामा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका हुन्, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धाञ्जलि अर्पण गरेको छ । शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ । घाइतेहरूको निशुस्ल्क उपचार गराउन आग्रह गरिएको छ ।
भौतिक संरचनाको पुनर्निर्माणका लागि तहगत सरकारहरूबिच समन्वय गर्न आग्रह गरिएको छ । स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तराष्ट्रियलाई सहयोगका लागि अपिल गरिएको छ ।
विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्वतयारीको काम अघि बढाउन आग्रह गरिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री