काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनबीच बिहीबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि उत्पन्न अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा बाढीपछि जारी खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र प्रभावित क्षेत्रका पूर्वाधार पुनः सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो।
भेटपछि नेता पुनले भोटेकोसी बाढीमा बेपत्ता भएका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकता दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको बताएका छन्। उनले रोल्पाका २५ जनासहित बेपत्ता नागरिकको खोजी, उद्धार तथा तत्कालीन र दीर्घकालीन पुनर्स्थापनासँग सम्बन्धित १८ बुँदे सुझाव दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
तर, उनले दिएका १८ बुँदे सुझावमा समेटिएका विषय भने सार्वजनिक गरेका छैनन्।
यसअघि बिहीबार नै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि प्रधानमन्त्री शाहसँग भेट गरेका थिए। उक्त भेटमा समेत भोटेकोसी बाढीपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री