काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि उद्धार, राहत र व्यवस्थापनमा सरकार योजनाबद्ध रूपमा अघि बढ्न नसकेको आरोप लगाएकी छन्।
बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले बाढीको सुरुवाती दुई दिन स्रोतसाधनअनुसार काम भए पनि त्यसपछि आवश्यक योजना बनाउन सरकार चुकेको बताइन्।
विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धार अझै हुन नसकेको भन्दै थापाले विदेशी सहयोग लिन ढिलाइ गरिएको दाबी गरिन्। टनेलका प्राविधिक विवरण उपलब्ध हुँदाहुँदै पनि उद्धार टोली प्रभावकारी रूपमा परिचालन हुन नसकेको उनको भनाइ छ।
थापाले प्रभावित क्षेत्रमा राहत पर्याप्त भए पनि सडक तथा अन्य पूर्वाधारको अभावमा सामग्री पुर्याउन समस्या भएको बताइन्। उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय बढाउँदै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति तत्काल पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री