बाजुरा । बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी खेती गर्न सिकाउँदै आएका छन् । विद्यालयमा बालबालिकाहरुलाई खुवाईदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज हुनेगरी पछिल्लो समय विद्यालयले यहाँका अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका हुन् । विद्यालयमा पढाइसँगै तरकारी खेतीका बारे सिकाइने गरेको बुढीनन्दा नगरपालिका(९ ढप्क स्थित सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका छात्रा छाया गुरुङले बताइन् ।
‘विद्यालय वरीपरी धेरै जमिन छ । दुइ वर्षदेखि हामीले त्यो सबै जमिनमा तरकारी लगाउँदै आएका छौं’ उनले भनीन् ‘हामी सबै विद्यालयमा बस्छौं । विद्यालयमै खान सुत्नको राम्रो व्यवस्था छ । त्यसैले दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी अहिले हामीले विद्यालयमै तरकारी उत्पादन गर्न थालेका हौ । यहाँको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकाशं विद्यालयहरुले बालबालिकाहरुको पढाइ सगसँगै विद्यालयमा तरकारी लगाउँन सिकाउँदै आएका छन् ।
बालबालिकालाई सानैदेखि आफैंले केही गर्न र उनीहरुको जीवनमा आइपर्ने हरेक बाधा अड्चनहरुलाई सहजरुपमा पार गर्न सकुन भन्ने उद्देश्यले पछिल्लो समय पढाइसँगै उनीहरुलाई तरकारी लगाउन तथा अन्य उनीह्रुलाई जिवनमा आवश्यक पर्ने विभिन्न सीप सिकाउने गरेको सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताए ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो