काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ दिनपछि उद्धार भएका सञ्जय साह अरूलाई बचाउने क्रममा आफैं सुरुङभित्र फसेका थिए।
आयोजनाको कन्ट्रोल रुममा अपरेटर रहेका साहले बाढी आएपछि आफू बाहिर निस्कनुभन्दा पहिले त्यहाँ रहेका ४०–४५ जनालाई सुरक्षित स्थानतर्फ पठाएका थिए। अरूलाई बाहिर निकाल्ने क्रममा समय लागेपछि उनी सुरुङमै थुनिएका हुन्।
सुरुङभित्र रहँदा अन्य व्यक्तिको कुराकानीसमेत सुनेको र पावर हाउसमा पनि मानिस फसेको हुनसक्ने साहले बताएका छन्। नौ दिनसम्म सुरुङभित्र उनले महामन्त्र जप्दै समय बिताएको जनाएका छन्।
शुक्रबार नेपाली सेनाको उद्धार टोलीले साहसँगै कविर महर्जनलाई पनि जीवितै बाहिर निकालेको थियो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो