कञ्चनपुर — बेलौरी नगरपालिकाका अति विपन्न पन्ध्र परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको छ । सुरक्षित आवास कार्यक्रम अन्र्तगत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको हो ।
नगरपालिका र गैरसरकारी संस्थाको संयुक्त लागत साझेदारीमा आवास निर्माण गरिएको हुन् ।
आवास निर्माणका लागि नगरपालिकाले प्रतिघरमा तीन लाख र निड्सले दुई लाखमा साझेदारी गरी दुई कोठा बरण्डासहितका घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए ।
उनका अनुसार आवास उपलव्ध गराइएकामा विपद् प्रभावित, आदिवासी जनजाती र दलित समुदायका व्यक्ति रहेका छन् । आगामी आवमा वडा नं ५, ६, ७ र ८ का बाढीजन्य विपद्बाट प्रभावित अति विपन्न परिवारका लागि आवास निर्माणका लागि योजना बनाइ कार्यान्वयन गरिने नगर प्रमुख चौधरीको भनाइ रहेको छ ।
‘आवासको व्यवस्था नहुँदा असुरक्षित तरिकाले बस्दै आएका परिवारले सुरक्षित आवास पाएका छन्,’ उनले भने, ‘नगर क्षेत्रमा बसोवास गर्ने सबै परिवार सुरक्षित आवासमा बसुन भन्ने चाहना अनुरूप योजनावद्ध रूपमा कार्य गरिरहेका छौँ ।’








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो