काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिटमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।
मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र सङ्घ उच्च अदालत पाटन पुगेको थियो ।
उच्चले भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्र नरोक्न अन्तरिम आदेश दिएपछि मेयर शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आलोचना गरेका थिए ।
उक्त टिप्पणीपछि अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर गरेकी थिइन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो