धनगढी । कन्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका छाउगोठ १५ दिनभित्र भत्काउन निर्देशन दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए-नभएको निरीक्षण गर्न १-९ सम्मका सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन्।
शनिबार मात्रै कृष्णपुर-१ मा छाउगोठमा सुतेकी २८ वर्षकी कमला दमाईको सर्पको टोकाइबाट निधन भएपछि नगरपालिकाले छाउगोठ भत्काउन भनेको हो।
“यस कृष्णपुर नगरपालिकाअन्तर्गत केही वडाहरूमा अझै पनि छाउपडी प्रथा कायम रही गोठसमेत यथावत भएकोले आ-आफ्नो वडाभित्र रहेका छाउपडी गोठहरू निरीक्षण गरी १५ दिनभित्र छाउपडी गोठहरू भत्काउने र उक्त कार्यकान्वयनमा नल्याए कानुनी कारबाहीसहित १० हजार जरिवाना हुने व्यहोरासमेत सम्बन्धितहरूलाई जानकारी गराउनहुन आदेशानुसार अनुरोध छु नगरपालिकाको पत्रमा उल्लेख छ।

२८ वर्षीया दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले ठस्दा मृत्यु भएको थियो। मुलुकी संहितामा पनि रजस्वला र सुत्केरी अवस्थामा छाउपडफमा राख्न वा अन्य कुनै भेदभाव, छुवाछूत गराउन नहुने उल्लेख गरिएको छ। यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था पनि ऐनमा रहेको छ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु नहुने उल्लेख छ।









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो