काठमाडाौं । भारतका विदेशमन्त्री एस। जयशंकरले चीनको राजधानी बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन्।
जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सीसँगको भेटका विषयमा जानकारी दिएका छन्। उनले लेखेका छन्, “मैले राष्ट्रपति सी चिनफिङलाई भारत–चीन द्विपक्षीय सम्बन्धमा हालैका घटनाक्रमबारे जानकारी गराएँ। यो सन्दर्भमा दुवै देशका नेताहरूको मार्गदर्शनलाई हामी विशेष महत्त्वका साथ लिन्छौं।”
जयशंकर चीनको राजधानी बेइजिङमा आयोजना भएको सांघाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन गएका हुन्।
भ्रमणको क्रममा उनले सोमबार चिनियाँ समकक्षी वाङ यीसँग पनि भेटवार्ता गरेका थिए। बैठकपछि जयशंकरले दुवै देशबीचको द्विपक्षीय सम्बन्ध, विशेषगरी सीमा विवाद समाधानबारे गहन छलफल भएको बताएका थिए।
२०२० मा पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा ९ीब्ऋ० मा भएको सैन्य झडपपछि भारतीय विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
चीनकाे चौथो खेप राहत काठमाडौं आइपुग्यो
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड