धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा चुनावी गतिविधि तीव्र बन्दै गइरहेका बेला धनगढी उपमहानगरपालिका–२, रामजानकी टोलका ११० जना नवयुवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
घरदैलो अभियानका क्रममा धनगढी महानगरपालिका-१९ पच्चीसघर पुगेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम बहादुर आले पार्टी प्रबेश कार्यक्रमकाे खबर पाएपछि उत्साहित हुदै रामजानकी टाेल पुगेका थिए ।

उम्मेदवार आलेको उपस्थितिमा आज बिहिवार साझ ६ बजे आयाेजित पार्टी प्रबेश कार्यक्रममा युवाहरुले पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा उम्मेदवार आलेले नवप्रवेशीहरुलाई टीका तथा खादा लगाएर स्वागत गरेका थिए।
साथै कैलाली–५ निर्वाचन परिचालन समितिका संयोजक ओम पुन र सह–संयोजक दिनेश सुबेदीले पनि नवयुवाहरुलाई स्वागत गर्दै आगामी निर्वाचनमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए।
यसअघि डोटीबाट तीन पटक निर्वाचित भइसकेका आलेले मन्त्री हुँदा गरेका कामको प्रशंसा गर्दै युवाहरुले पार्टी रोजेको बताइएको छ। स्थानीयस्तरमा देखिएको युवा सहभागिताले कैलाली–५ को चुनावी माहोल थप सक्रिय बनेको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो