काठमाडौं : नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसको असरले देशभरको मौसम मिश्रित अवस्थामा रहेको छ।
हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ।
मंगलबार कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
कोशी प्रदेशलगायत पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ।
राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। यी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन