३ लाखको हाराहारीमा पुग्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ८ हजार रुपैयाँले बढेको हो ।

हिजो २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ९५ रुपैयाँले बढेर ४५७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ